चाेटहरूकाे कारखाना छ, यादहरूकाे संग्रहालय छ। गजल

✍️सीता प्याकुरेल, धादिङ 

चाेटहरूकाे कारखाना छ, यादहरूकाे संग्रहालय छ।          
 अरे कहाँ संचय गराैं? राेगी मस्तिष्क छ,घाइते हृदय छ।

तिमीले कुहाएर फालेको बिज हुँ,कमल बनेर फुलेकी छु         
अझै तिमीमा म प्रति शंका छ?कि तिम्रो बिज हुनुकाे भय छ?

अाफ्नै आमाका सन्तानहरूले कलमलाई बन्दुक सम्झिए  
  नतिजा, आमाकै इमानकाे हाेलि खेलिदैँछ, मैदान रङ्गमय छ ।

कानुन पढेपछि न्यायकाे खाेजिमा चिहानबाट उठेर आएकी हुँ 
नभन्नुस् हत्याराकाे हातमा कानुन छ,तिम्रो भाग्यमा पराजय छ।

1 comment:

Powered by Blogger.