काभ्रेकी नारी प्रतिभा सुजना तिमल्सिनाको गद्य कविता ‘खै कस्तो कस्तो’


कविता

खै कस्तो कस्तो
खै कस्तो कस्तो ।।

के जादु छ उस्को सम्झनामा

बुझ्न सकिरहेकी छैन
तेसो त सबै पुलिङ्गी यस्ता आकर्षणका
केन्द्रबिन्दु कहाँ हुन्छन् र ?
म पनि सबैका लागि यति बिशेष नहुन सक्छु
तर उसको कल्पना नितान्त नौलो छ
म, मेरा डगमगाएका कदमहरु उसको स्पर्शमा
टक्क उभिएको पाउँछु,
कडा मजबुतीका साथ अडिएको पाउँछु,
पहिलो मायाको पहिलो आधार महशुस गर्छु
भाग्यमानी ठान्दै आफैँलाई स्यावासी दिँदै थप्थपाउँछु,
हो, म यस्तै गर्छु मन बुझाउन ।।

उत्कृष्ट नाता छ ऊसित
कसैले दाबी गर्न नसक्ने
कसैले चोर्न नसक्ने, कसैले फोर्न नसक्ने
उकुसमुकुस धड्कनहरु सबैकुरा पोख्न कहाँ  सक्छु र ?
म पुनः अवाक् छु
आँखाहरु गण्डकी भेरी जस्तै सलबलाउन थालिहाल्छन्
अनि सबै लुकाएर डल्ले फर्सी भन्छु
हास्यास्पद जस्तो बन्छ
मनै नसके पनि ओठ जरुर मुस्कुराउँछन्
खै कसरी पोखौँ के के हुन्छ
खै खै ? ? म अन्योलमा छु

हो पहेँलो रातो हरियो सेतो
धेरै रङहरुसित मिलेको
गोलो लाम्चो, चेप्टो फरक आकारमा
धेरै प्रकारमा फलेको फर्सी जस्तो
मेरो कान्छो ।।

म डल्ले भनेर सम्बोधन गर्छु
रिसाउँछ
उल्टै मलाई तैँ डल्ली भन्छ, जिस्काउँछ
ऊ बास्तबमा डल्ले त कहाँ हो र?
मलाई तेस्सै रिस उठाउनै पर्ने
उसको रिस पनि मिठो हुने फकाइराखौँ जस्तो,
जब फकाइसक्छु, बाहनाहरु खोजेर फेरि रिस उठाउँ जस्तो
खै कस्तो कस्तो तर फरक भिन्न अनि मधुर

कहिले कहीँ सोच्छु
उसको आँखाको नवीन बदमासी
म बुझिदिउँ कि ?
उसको साउतिलाई ख्याल गरेर
उसको न्यानो अङ्गालोमा लुकामारी गरिदिउँ कि ?
खै कसरी पो हो माया प्रेम गर्ने
सुरुमा अन्योल हुँदो रहेछ
उचाईमा मभन्दा अग्लो छ मेरो प्रिय
के गर्नु मायाले डल्ले फर्सी भन्न मन लाग्छ
साँच्चै डल्ले सानो भुन्टे भएको जस्तो
खै कस्तो कस्तो ।

सुजना तिमल्सिना
पनौति ६, काभ्रेपलाञ्चोक

No comments

Powered by Blogger.