नयाँ वर्षमा प्रमोद रेग्मीको ‘‘सजायौ तिमीले’’ गजल रिलिज

GMP Entertainment युटुब च्यानलबाट मिति २०८० बैशाख ०५ गते प्रमोद रेग्मीको शब्दमा रहेको सजायौ तिमीले बोलको गजल रिलिज भएको छ । रामकुमार रिमालले सङ्गीत गरेका उक्त गजलमा सुप्रसिद्ध गायक शिव परियारले स्वर भरेका छन् भने मिक्सिङ महेश्वर मान राज भण्डारीले गरेका छन् । धादिङ थाक्रे घर भई निरन्तर साहित्य साधनामा रेग्मी संलग्न छन् । उनी साहित्यमा गजल, कविता, मुक्तक, कथा, निबन्ध आदि बिधामा कलम चलाउँछन् । उनको विभिन्न पत्र पत्रिकामा साहित्यिक रचनाहरू प्रकाशित हुने गरेको छ ।
गजल रिलिज भएसँगै गजलका लेखक रेग्मीले ‘सजायौ तिमीले’ बोलको गजल पहिलोे प्रयास भएको र सबै श्रोता एवं दर्शकको माया पाउने अपेक्षा रहेको बताएका छन् र गजल हेरेर सुनेर आवश्यक प्रतिक्रिया दिन पनि अनुरोध गरेका छन् ।

No comments

Powered by Blogger.