काभ्रेकी नारी प्रतिभा जुनु श्रेष्ठको कविता ।
अल्छी मास्टर
हामी अल्छी मास्टर
हो हजुर हामी अल्छी हौँ
अल्छीमा पनि महाँअल्छी ,
ठग र कामचोर मास्टर१
किनकि,
हामी सरकारी स्कुले मास्टर
हामी पुराना मास्टर ११
धेरै धेरैलाई डाक्टर बनाएका,
धेरै धेरैलाई शिक्षक बनाएका,
नर्स बनाएका,
विजनेसमेन बनाएका
हामी शिक्षक नै हौँ अल्छी
धुलौटोमा कखरा कोरेर
पट्पटीफुटेका हातहरुले सुनौलो भविष्य डोर्याएथ्यौँ,
शिक्षा विनाको अन्धकार कुनामा ज्ञानको ज्योति पुर्याएथ्यौँ,
जीवनको मझधारमा रुमलिएका कयौं अल्लारेलाई बाटो देखाएथ्यौँ,
भाग्य धिकार्दै बस्ने कयौं छोरीहरुलाई दरिलो खुट्टा टेकाएथ्यौँ
विना छानोको स्कुललाई यहाँसम्म ल्याउन
रगत पसिना बगेको छ,
विद्यालयलाई नै भडुवा सम्झने समाज परिवर्तन गर्दागर्दै
हाम्रो जीवन बितेको छ ।
आज प्रश्न गर्न मन छ,
शिक्षा के हो, भनेर जान्दै नजानेका
अबोध बालकका अबुझी अभिभावकलाई
छोरो डाक्टर भएको सपना देख्न सफल बनाउने
हामी हाइनौँ ररु
विद्यालय किन, भनेर सोच्दै नसोचेका
पिछडिएका समुदायलाई
बोर्डिङ खोल्न सक्षम बनाउने
हामी हाइनौँ र ?
समता न्याय सिर्जनशीलता ,
मेलमिलाप र स्वावलम्बनको पाठ पढाउँदै
शोषणयुक्त समाज सुधार्यौँ,
खाने र लाउनेलाई मात्र जीवन सम्झनेको
कमसल मगज सुधार्यौँ
फलस्वरूप
टाइ र जुत्तामा ठाँटिएर बोर्डिङ जाने
धनी बाबुको छोराको मार्कसिटसँग
चप्पल र टाँक सम्म नलगाई स्कुल आउने
गरीबका छोराको मार्कसिट दाँज्यौ
र असक्षमको विल्ला भिरायौ,
खाली पेट स्कुल आउने बबुरोसँग
टिफिनसहित आउने बालकको क्षमता जोख्यौ
र हाम्रो खिल्ली उडायौ ?
तीक्ष्ण बनाएका विद्यार्थी
कस्तुरीझैँ भौतारिएर पुग्छ प्राइभेटमा
बत्तीमा पुतली होमिएझैँ जान्छ सहरमा
सहर छिर्न नसक्ने
प्राइभेट धाउन नसक्ने
तिनैलाई मिहिनेत गर्दागर्दै
प्रविधि जानेन भन्छ राज्य
योग्यता पुगेन भन्छ समाज
अनि आफैँले पढाएर भद्र बनाएका,
असल बनाएका, सफल बनाएकाहरु नै
बेकम्मा भनेर उठाउँछन् आवाज१
हामीमा कमजोरी छ,
स्वीकार्छौँ, मनन गर्छौँ।
अनुशासनका कठोर नियम लाद्न सकेनौं ,
अङ्ग्रेजी भट्याउन सक्ने पारेनौँ,
बिहान नखाई आएका ती साना भोका पेटहरुलाई
समयसीमामा कैद गर्न सकेनौँ,
घाँसको भारी बिसाएर ,
चराएका बस्तु हुलेर
नधोई आएका हातहरुमा
होमवर्क नगरेका निहुँमा छडी चलाएनौँ,
केही गरेनौँ,
हरेक गर्यौँ तर तिम्रो नजरमा केही गरेनौँ
त्यसैले ठग हौँ,
कामचोर हौँ,
हामी अल्छी मास्टर हौँ
जुनु श्रेष्ठ
काभ्रेपलाञ्चोक
हामी अल्छी मास्टर
हो हजुर हामी अल्छी हौँ
अल्छीमा पनि महाँअल्छी ,
ठग र कामचोर मास्टर१
किनकि,
हामी सरकारी स्कुले मास्टर
हामी पुराना मास्टर ११
धेरै धेरैलाई डाक्टर बनाएका,
धेरै धेरैलाई शिक्षक बनाएका,
नर्स बनाएका,
विजनेसमेन बनाएका
हामी शिक्षक नै हौँ अल्छी
धुलौटोमा कखरा कोरेर
पट्पटीफुटेका हातहरुले सुनौलो भविष्य डोर्याएथ्यौँ,
शिक्षा विनाको अन्धकार कुनामा ज्ञानको ज्योति पुर्याएथ्यौँ,
जीवनको मझधारमा रुमलिएका कयौं अल्लारेलाई बाटो देखाएथ्यौँ,
भाग्य धिकार्दै बस्ने कयौं छोरीहरुलाई दरिलो खुट्टा टेकाएथ्यौँ
विना छानोको स्कुललाई यहाँसम्म ल्याउन
रगत पसिना बगेको छ,
विद्यालयलाई नै भडुवा सम्झने समाज परिवर्तन गर्दागर्दै
हाम्रो जीवन बितेको छ ।
आज प्रश्न गर्न मन छ,
शिक्षा के हो, भनेर जान्दै नजानेका
अबोध बालकका अबुझी अभिभावकलाई
छोरो डाक्टर भएको सपना देख्न सफल बनाउने
हामी हाइनौँ ररु
विद्यालय किन, भनेर सोच्दै नसोचेका
पिछडिएका समुदायलाई
बोर्डिङ खोल्न सक्षम बनाउने
हामी हाइनौँ र ?
समता न्याय सिर्जनशीलता ,
मेलमिलाप र स्वावलम्बनको पाठ पढाउँदै
शोषणयुक्त समाज सुधार्यौँ,
खाने र लाउनेलाई मात्र जीवन सम्झनेको
कमसल मगज सुधार्यौँ
फलस्वरूप
टाइ र जुत्तामा ठाँटिएर बोर्डिङ जाने
धनी बाबुको छोराको मार्कसिटसँग
चप्पल र टाँक सम्म नलगाई स्कुल आउने
गरीबका छोराको मार्कसिट दाँज्यौ
र असक्षमको विल्ला भिरायौ,
खाली पेट स्कुल आउने बबुरोसँग
टिफिनसहित आउने बालकको क्षमता जोख्यौ
र हाम्रो खिल्ली उडायौ ?
तीक्ष्ण बनाएका विद्यार्थी
कस्तुरीझैँ भौतारिएर पुग्छ प्राइभेटमा
बत्तीमा पुतली होमिएझैँ जान्छ सहरमा
सहर छिर्न नसक्ने
प्राइभेट धाउन नसक्ने
तिनैलाई मिहिनेत गर्दागर्दै
प्रविधि जानेन भन्छ राज्य
योग्यता पुगेन भन्छ समाज
अनि आफैँले पढाएर भद्र बनाएका,
असल बनाएका, सफल बनाएकाहरु नै
बेकम्मा भनेर उठाउँछन् आवाज१
हामीमा कमजोरी छ,
स्वीकार्छौँ, मनन गर्छौँ।
अनुशासनका कठोर नियम लाद्न सकेनौं ,
अङ्ग्रेजी भट्याउन सक्ने पारेनौँ,
बिहान नखाई आएका ती साना भोका पेटहरुलाई
समयसीमामा कैद गर्न सकेनौँ,
घाँसको भारी बिसाएर ,
चराएका बस्तु हुलेर
नधोई आएका हातहरुमा
होमवर्क नगरेका निहुँमा छडी चलाएनौँ,
केही गरेनौँ,
हरेक गर्यौँ तर तिम्रो नजरमा केही गरेनौँ
त्यसैले ठग हौँ,
कामचोर हौँ,
हामी अल्छी मास्टर हौँ
जुनु श्रेष्ठ
काभ्रेपलाञ्चोक
Leave a Comment