चाेटहरूकाे कारखाना छ, यादहरूकाे संग्रहालय छ। गजल
अरे कहाँ संचय गराैं? राेगी मस्तिष्क छ,घाइते हृदय छ।
तिमीले कुहाएर फालेको बिज हुँ,कमल बनेर फुलेकी छु
अझै तिमीमा म प्रति शंका छ?कि तिम्रो बिज हुनुकाे भय छ?
अाफ्नै आमाका सन्तानहरूले कलमलाई बन्दुक सम्झिए
नतिजा, आमाकै इमानकाे हाेलि खेलिदैँछ, मैदान रङ्गमय छ ।
कानुन पढेपछि न्यायकाे खाेजिमा चिहानबाट उठेर आएकी हुँ
नभन्नुस् हत्याराकाे हातमा कानुन छ,तिम्रो भाग्यमा पराजय छ।

Nice
ReplyDelete