बिजय गौरीघाटे युटुब च्यानल बाट माटो आढ्ने माटो बिच्छ्याउने भजन सार्वजनिक
माटो ओढ्ने माटो विच्छ्याउने
भक्ति शास्त्रहरूमा भावो भक्तिः, भञ्जनं भक्तिः भनी भक्तिको परिभाषा गरेको पाइन्छ । भगवान् प्रतिको आस्थालाई भक्ति भनिन्छ । भक्ति पनि सगुण र निर्गुण गरी दुई प्रकारका हुन्छन् । सगुण भक्तिमा भगवान्का विभिन्न गुणहरूका कीर्तन गरिन्छ भने निर्गुण भक्तिमा निर्गुण निराकार स्वरूपको चिन्तन गरिन्छ ।
भर्खरै मात्र विजय गौरीघाटेको युटुव् च्यानलबाट निर्गुण भक्तिपरक दिव्य एउटा भजन सार्वजनिक भएको छ । उक्त भजनमा संसारको मिथ्यात्व सिद्ध गरी सबै भगवानको भक्तिमा लाग्नुपर्ने कुरा बताइएको छ । भजनलाई प्राण भर्नका लागि निम्नानुसारका भक्त भागवतहरूको योगदान रहेको छ ।
गायिका : सविना देवी जी
कोरस गायक : बिजय गौरीघाटे
बाँसुरी : भक्त बुढाथाकी
तवला : कृष्ण नेपाल
दिव्य सुमधुर भजन सुनेर सबै भक्त भागवतहरू आनन्दको महासागरमा डुबुल्की लगाउनुहोला । भजन सुन्न वा हेर्न तलको भिडियोमा क्लीक गर्नुहोला ।
https://www.youtube.com/watch?v=amAm_4SKNGM
Leave a Comment