स्नेहको तन्तु तानेर आयौ तिमी । प्रियंवदा काफ्ले ।



                      प्रियंवदा काफ्ले 

 गजल

स्नेहको तन्तु तानेर आयौ तिमी

देखिने रूप ढाकेर आयौ तिमी  । 


जुध्छ आँखा त्यसै मोहनी झैँ बनी

दिलभरी प्रेम राखेर आयौ तिमी 


अप्सरा नाचमा मस्त मस्ती हुँदा

गाउँने चाल पारेर आयौ तिमी


कालो नीलो थियो माथि आकाशमा

चम्किने ज्योति झारेर आयौ तिमी


बागमा कोपिला फक्रिदा फक्रिदै

चाहना शीघ्र जागेर आयौ तिमी 

प्रियंवदा काफ्ले 

काठमाडौँ 


No comments

Powered by Blogger.