यो प्रेम हो कि पागलपन हजुर नै विचार गर्नुहोस् ।


 

          अनिता धिताल 

गजल

घृणाको बदलामा होस्, चाहे वयानको  बदलामा

सम्मान लिएर जानुस् हजुर अपमानको बदलामा 


उनले आफ्ना भन्ने जति सबै त्यागिन् तिम्रो निम्ति

तिमीले रोज्यौ पैसाको झोला जहानको बदलामा


यो प्रेम हो कि पागलपन हजुर नै विचार  गर्नुहोस्

ऊ जिन्दगी दिन तयार छ, मेरो मुस्कानको बदलामा


यदि असामाजिक हुन्छु भने बहिष्कार गर समाज

तर म बाआमा मात्र पुज्नेछु, भगवान् को बदलामा 


मलाई  दाइजो  दिन हाम्रो घर , खेर बेच्नु पर्छ  भने 

बा, मलाई जहर दिनुभए हुन्छ, कन्यादानको बदलामा

अनिता धिताल 

काभ्रेपलाञ्चोक 


1 comment:

Powered by Blogger.