मनु विद्रोही गजल फौलिँदो छ महामारी द्रुत गतिमा
आफ्नो ख्याल राख्नु प्यारी द्रुत गतिमा
न आधुनिक औजार चाहियो न कृषिक्रान्ति
खेतीयोग्य भा छ बाँझो बारी द्रुत गतिमा
कहिले यता कहिले उता भत्केर
थपियो अभावको भारी द्रुत गतिमा
न स्तर छुट्याउँछ न जात छुट्याउँछ
समय आयो विनाशकारी द्रुत गतिमा
मनु विद्रोही
नुवाकोट
Leave a Comment