कामुक आँखामा लगाइदिनुस् तगारो बरु । अर्पणा आपागाई अनुराग
गजल
सोच्नुहोस् मलाई आँखाको छारो बरु
नपरोस् हजुरलाई कुनै अप्ठ्यारो बरु
![]() |
| अर्पणा आपागाई अनुराग |
जहाँ बटुवाहरुले पनि विश्राम पाउँछन्
घर भत्काइ बनाउँछु एउटा चौतारो बरु
एकपल्ट कसैको खुसीमा हास्ने मन छ
लिएर कसैसँग थोरै हाँसो, उधारो बरु
तिम्रो मन सम्म मेरो प्रेम पुग्न सकेन
फल सम्म पुग्न सके केही झटारो बरु
मलाई कोठाभित्र कति दिन थुन्नुहुन्छ ?
कामुक आँखामा लगाइदिनुस् तगारो बरु
अर्पणा आपागाई अनुराग
कोशीपारी,काभ्रे

Leave a Comment