नयनमा नियाल जमेको सजल छ ।
गजल
ठुला भब्य कुर्सी हजुरकै महल छ ।
सधैं जिन्दगी नै कुराले सफल छ ।।

यहाँ बुझ्छ कस्ले सडकको कहानी
न खाने पिठो छ न बस्ने सतल छ ।
दिदै आम माफी निकाल्छौ नि दोषी
ठगेको अकुत धन कि तिम्रो अचल छ ?
बुबाले नि छोडे न छन् साथ आमा
नयनमा नियाल जमेको सजल छ ।
मुलुक आज रोईरह्यो न्याय खोज्दै
कसोरी भनौं राज्यसंस्था असल छ ।
सरु
काभ्रेपलाञ्चोक
ठुला भब्य कुर्सी हजुरकै महल छ ।
सधैं जिन्दगी नै कुराले सफल छ ।।

यहाँ बुझ्छ कस्ले सडकको कहानी
न खाने पिठो छ न बस्ने सतल छ ।
दिदै आम माफी निकाल्छौ नि दोषी
ठगेको अकुत धन कि तिम्रो अचल छ ?
बुबाले नि छोडे न छन् साथ आमा
नयनमा नियाल जमेको सजल छ ।
मुलुक आज रोईरह्यो न्याय खोज्दै
कसोरी भनौं राज्यसंस्था असल छ ।
सरु
काभ्रेपलाञ्चोक
Leave a Comment