धादिङका प्रखर कवि अर्जुन खतिवडाको कविता ‘फर्केर आऊ घर’।
फर्केर आऊ घर
उपजाति
त्यहाँ यहाँको मन पाइदैन ।
सौहार्द फुल्ने वन पाइदैन ।
दिएर बढ्ने धन पाइदैन ।
ज्युँदो छदा जीवन पाइदैन ।।
लुके सरी बादलभित्र घाम ।
मुस्कान बस्छन् दुःखकै कुनामा ।
पीडा सँगैको सुख भेट्नलाई ।
फर्केर आऊ घर दाजुभाइ ।।
तिम्रो नशामा छ यही सुगन्ध
र पाइलामा यसकै छ छन्द
जे हौ तिमी हौ यस्कै बहाब
नेपाल उद्यान, तिमी गुलाब ।।
हिमालकै काख तिरै रमाई
झर्नाहरू गीत मिठो सुनाई
विदेश जान्छु कि भनी डराए ।
नेपालमै ताल बनी रमाए ।।
गर्ने त गर्नै परिहाल्छ काम
हुदैन तिम्रो उसकै छ नाम
गरौँ न आफ्नै घरको भलाई
फर्केर आऊ घर दाजुभाइ ।। अर्जुन खतिवडा
गल्छी १, धादिङ
काँडा सियोले उदिनेर झिक्दा ।
पीडा त होला तर हुन्न चिन्ता
नेपाल त्यस्तै सुखको छ नासो
बसीरने रोदनभित्र हाँसो ।।
गाउँ र वेसी दगुरेर चढ्दा
र खेतमा पानी बनेर बग्दा
तोरीसँगै फूल बनेर फुल्दा
आनन्द अर्को कुन दिव्य मिल्ला ।।
तिमी तिमी होइन देश पो हौ ।
खोजे स्वयम्मा सब पाउनेछौ ।
जहाँ पलायौ, त्यँही मिल्नलाई ।
फर्केर आऊ घर दाजुभाइ ।।
उपजाति
त्यहाँ यहाँको मन पाइदैन ।
सौहार्द फुल्ने वन पाइदैन ।
दिएर बढ्ने धन पाइदैन ।
ज्युँदो छदा जीवन पाइदैन ।।
लुके सरी बादलभित्र घाम ।
मुस्कान बस्छन् दुःखकै कुनामा ।
पीडा सँगैको सुख भेट्नलाई ।
फर्केर आऊ घर दाजुभाइ ।।तिम्रो नशामा छ यही सुगन्ध
र पाइलामा यसकै छ छन्द
जे हौ तिमी हौ यस्कै बहाब
नेपाल उद्यान, तिमी गुलाब ।।
हिमालकै काख तिरै रमाई
झर्नाहरू गीत मिठो सुनाई
विदेश जान्छु कि भनी डराए ।
नेपालमै ताल बनी रमाए ।।
गर्ने त गर्नै परिहाल्छ काम
हुदैन तिम्रो उसकै छ नाम
गरौँ न आफ्नै घरको भलाई
फर्केर आऊ घर दाजुभाइ ।। अर्जुन खतिवडा
गल्छी १, धादिङ
काँडा सियोले उदिनेर झिक्दा ।
पीडा त होला तर हुन्न चिन्ता
नेपाल त्यस्तै सुखको छ नासो
बसीरने रोदनभित्र हाँसो ।।
गाउँ र वेसी दगुरेर चढ्दा
र खेतमा पानी बनेर बग्दा
तोरीसँगै फूल बनेर फुल्दा
आनन्द अर्को कुन दिव्य मिल्ला ।।
तिमी तिमी होइन देश पो हौ ।
खोजे स्वयम्मा सब पाउनेछौ ।
जहाँ पलायौ, त्यँही मिल्नलाई ।
फर्केर आऊ घर दाजुभाइ ।।
Leave a Comment