सोचेको थेँ बन्छु पक्कै राजा जिन्दगीको ।

गजल
माझी दाइको जालमा फस्यो माछा जिन्दगीको
बीच सफरमै छुट्यो कतै छाता जिन्दगीको ।

मनको पंक्षी  मनलाई छोडी बसाइँ सरेपछि
अब के नै बाँकी रह्यो आशा जिन्दगीको ।

झुठा भए मान्छेहरु झुठो भयो यो दुनियाँ
सत्य लाग्छ मान्छेलाई काँडा जिन्दगीको ।

यात्रा सुरु गरिसक्यो धमिराले जराबाट
कति दिन न हरियो होला हाँगा जिन्दगीको

जुन दिनदेखि मझेरी र चुल्हो सुनसान भयो
यस्तो लाग्छ छैनन् दुवैै आँखा जिन्दगीको

नियतीले आज उस्कै गुलाम बनाइदियो
सोचेको थेँ बन्छु पक्कै राजा जिन्दगीको

रमेश घिमिरे ‘कर्मशील’
बनेपा २, काभ्रे

1 comment:

Powered by Blogger.