सिन्दुर पुछिएपछि काखको बच्चा हेरेर टोलाएँ
गजल
नयाँ ठाँउ अझ बिहे गरेको भर्खर भर्खर हुनुपर्छ ।
श्रीमान प्रदेशिएपछी पानी बिनाको बगर हुनुपर्छ ।।बाउ मर्दा बजाएको शङ्ख बाजा सम्झेर नाच्यो
बच्चालाई के थाहा अब टुहुरो जिवनभर हुनुपर्छ ।
समस्या आइरहन्छन एउटा गणित हो जिन्दगी
मिलाउनलाई हिसाब तिमी अंश म हर हुनुपर्छ ।
कति तड्पिनु, कति मर्नु अझै बिना प्रमाण हामी
सरकार अब प्रेम गर्दा लिखित हस्ताक्षर हुनुपर्छ ।
सिन्दुर पुछिएपछि काखको बच्चा हेरेर टोलाएँ
मनले भन्यो ए नारी तिमी अब पत्थर हुनुपर्छ ।
कल्पना भुसाल
स्याङ्जा
Leave a Comment