मसंग गर्दै नगर यो पिरतिका कुरा ।
अनिता धिताल
गजल
कामदेवकि रति,शिवकि सतीका कुरा
मसंग गर्दै नगर यो पिरतिका कुरा ।
आफू जान्ने बन्न अरुको बिरोध गर्नुपर्छ
नजान्ने अरे गर्दा खेरि सहमतिका कुरा ।
लाग्छ,म राहुकाल थिए उसको जीवनमा
सुन्दा आजभोलि उसका प्रगतिका कुरा ।
भोक मेटिदैन सरकार त्यो सिटामोलले
खाली पेटले गर्नै मान्दैन ओखतीका कुरा ।
विदेशीएको उसलाइ पनि बाडुली लाग्छ ?
जब उ गर्छे प्रेमिको अंगालोमा पतिका कुरा ।
©अनिता धिताल
काभ्रेपलाञ्चोक

Leave a Comment