जिन्दगी मेरो चम्कन्छ पक्का संस्कृत पढेर ।

कविता
आमाको आशा संस्कृत भाषा पढेर रमाओस्
संस्कृति बाँचोस्  हिमाल हाँसोस् सद्ज्ञान जगाओस्।।


ज्ञानको खानी देवको वाणी गुञ्जियोस् मनमा
म को हुँ  चिनोस् अज्ञान छिनोस् नफसोस् धनमा ।।

आमाको बुझी मनको इच्छा सुमार्ग लम्किने
संस्कृत पढी अगाडि बढी विश्वमा चम्किने ।।
संस्कृत पढ्ने भनेर आएँ महेश कृपाले
पढिरहेछु पढिरहन्छु गुरुको कृपाले ।।

जिन्दगी मेरो चम्कन्छ पक्का संस्कृत पढेर
आएर साथी संस्कृत पढ के गर्छौ सडेर ।।

आमा र गुरु जिन्दगी स्रष्टा सृष्टिका ईश्वर
बुझ्दछौ आमा गुरुका अघि झुक्दछ संसार ।।

अज्ञान कालो दीपक बनी म पक्का मेट्ने छु
सत्कर्म गर्दै जीवन बुझ्दै ईश्वर भेट्ने छु ।।

महेश्वर नेपाल
देवघाट ५, तनहूँ
महेश–संस्कृत–गुरुकुलम्

1 comment:

Powered by Blogger.