काभ्रेकी नारी प्रतिभा सुजना तिमल्सिनाको कविता निरीह शिक्षक ।

                                       निरीह शिक्षक 

अचेल लाग्छ
मैले मेरो विद्यालय सुधार्न सक्दिन
लाग्छ म ती मसिना आखाँहरुको
सुन्दर सपनी सित खेलिरहेछु
उडाइरहेछु मजाक उज्ज्वल भविश्यहरुको
जो ती कलिला हातको रेखाहरुमा विद्याको कलमले केरिएको छ, हो म यौटा निरीह शिक्षक रहेछु, हो म असफल गुरु रहेछु।।

घरै बसेर जागिर खाइस रे

ओछ्यानमा सुतेर तलब उडाइस रे
न कुनै फिक्री, न कुनै चिन्ता
न कुनै डिउटी मोजै छ रे मास्टरलाई
म चारैतिर यस्तै सुन्छु यस्तै भोग्छु
अनि लाग्छ के म साँच्चै खेल्वाड गरिरहेछु
के म साँच्चै सामाजिक कालो सोचको
आधार बनिरहेछु
कता कता लाग्छ, कता कता दुख्छ
आत्मानुभूति गर्छु कि म निरीह शिक्षक।।

देशै बन्दाबन्दिमा छ
मानसपटलमा तिनै स–साना आँखाहरु डुल्छन्
उच्चारण हुन्छन् कलिला तोते बोली कपुरी क
खरायो ख अनि झस्किन्छु
म त राज्यको ठगा सरकारी शिक्षक
जो निजी शीत धेरै सिक्न बाँकी छ अनुसरण गर्न बाँकी छ, भाटे शिक्षा पध्दती
म त फकार्इ फकार्इ बालबालिकालाई सिकाउ भन्ने मा पो परे
अहिले लाग्छ,सारै लाग्छ म नेपाल सरकारको नुनले नुनिलो अनि राज्य समुदायको अमिलो व्यवहारबाट थाकेको एउटा निरीह शिक्षक।।

सुजना तिमल्सिना
काभ्रेपलाञ्चोक

No comments

Powered by Blogger.