कसैलाई फूलले छुदा पनि पत्थरको भान पर्छ ।

                                                                              गजल

जिन्दगी पहाड सोच्ने हरुलाई सधै मैदान पर्छ ।
कसैलाई फूलले छुदा पनि पत्थरको भान पर्छ ।

यसर्थ राम्ररी जिन्दगी बुझ्ने अवसर पाएको छु
नदी किनारमा बसेको छु, घरछेउमा चिहान पर्छ ।

कसैले आँखाको मान्छे लाई चिट्ठा पारेर लग्यो
अब यी आँखामा बाढी पर्छ, मुटुमा तुफान पर्छ ।

खुसी नै खुसी ल्याइदिने सामर्थ्य कसले राख्छरु
अविरल सोचेको नदीको एक दिन अवसान पर्छ ।

नदेखेका सबै चिजहरुका विश्वास नगर्न सकिदैन
तिमीले दिनहुुँ पुज्ने भगवान पनि अन्जान पर्छ ।

अर्पणा आपागाई अनुराग
    कोशीपारी,काभ्रे

No comments

Powered by Blogger.