काभ्रेकी नारी प्रतिभा प्रमिला प्रयासीको गजल ।


गजल
भन्छ्यौ मेरो बाध्यता थियो पर्खिन मिलेन ।
प्रमाण बिनाको अधिकार मैले लिन मिलेन ।।


विहेकै दिन मेरो शिर को सिन्दूर पुछियो
अब फेरि मैले कसैको लागि सजिन मिलेन ।

भाईले घरबाट निकाल्दा आमा मैले पालेकी हुँ
आज मेरै आमा लाई मैले दाग्बति दिन मिलेन ।

हुन त मेरी आमालाई रड़्हरू खुब मनपर्थ्यो
होलिकै बेला बा बिते त्यसैले रड़्गिन मिलेन ।

रगत रातै बग्छ विधुवाको शरिरमा पनी,
फेरि रातो लुगा लगाउन किन मिलेन ?


प्रमिला प्रयासी
काभ्रेपलाञ्चोक

No comments

Powered by Blogger.