प्रेमपत्र
प्रेमपत्र
प्रिया
सम्झनाका लहरहरु
माया अपरिमेय वस्तु हो,जति गर्यो त्यति बढ्दै बढ्दै जान्छ । यो कुरा बुझ्ने प्रायजसो कमै हुन्छन् । मलाइ थाह छैन तिमीले यो कुरा बुझेको छौ या छैनौ । मलाइ याद छ तिमीलाई के छ कुन्नि रु जुन दिन हाम्रो भेट भएको थियो । चार आँखा दुई भएको थियो ।
त्यतिबेला तिमी लाजले पानी पानी बनेकी थियौ । शिर झुकेको थियो । मुस्कान साटासाट भएको थियो । म रोमान्चित भएँ। कता कता आनन्दको अनुभव भयो । ूसंयोगले वियोग गराएर छोड्छूभन्ने सिद्धान्त अनुरुप हाम्रो त्यो दिन वियोग भयो । जाने बेलामा मैले तिमीलाई हेरेको थिएं । देखिएका थिए ती कपालका सुन्दर केस्राहरु। तिमीले हेर्नू र मैले हेर्नू एक्कै चोटी परेको थियो । फेरि चार आँखा दुई भएका थिए । तिमी पूर्व गयौ म पश्चिम । तिमीलाई के भयो कुन्नि रु मेरो हृदयमा चिसो पस्यो कता कता नरमाइलो लाग्यो।
तिमी त्यतिबेलै मलाई थाहै नदिइकन मेरो दिलभित्र सुटुक्क छिरिछौ । यादहरुले सताउन थाले बारम्बार। तिमी कस्ति थियौ कुन्नि रुरु मलाई चन्द्रमाको आभास हुन थाल्यो । ती चन्चले नेत्रहरुले सताइराखे। नदिमा तरङ्ग आएझै तर्कना आउन थाले। ती तर्कनाहरुले अनि तिम्रो यादहरुले पत्र कोर्न बाध्य बनायो ।
तिमीलाई दिन त के सक्थें र प्रिया । न ममा जुन झार्ने क्षमता छ, न आकाशका ताराहरु गन्ने क्षमता नै । म माया गर्छु भनेर पनि भन्दिन तिमीलाई किनभने शब्दमा माया हुदैन । सक्छु जस्तो लाग्छ मात्र सपना सजाउन । झुपडीलाई महल बनाउन । छुट्टै संसार रचेर राज्य चलाउन र तिमीलाई रानी बनाउन । आउने छ्न थुप्रै विघ्नबाधाहरु । भीमले जरासन्धलाई च्यातेझै, कंसले योगमायालाई पछारेझै पछार्नुपर्छ अप्ठ्यारा परिस्थितिहरुलाई । शाण्डिल्यको तत्सुखे सुखित्वम् प्रेमलक्षणम् भन्ने सिद्धान्तलाई साकार पार्नु पर्छ । जिन्दगीका आरोह अवरोहमा संगै हुनुपर्छ । प्रिया १ हात समातेर संगै उकाली चढ्नुपर्छ र संगै ओराली झर्नुपर्छ । धन त कहिले पो कमाएर सकिन्छ र जतिसक्दो मलामी कमाएर मर्नुपर्छ ।
अन्त्यमा फेरि भन्छु माया गर्छु म भन्दिन म तिमीलाई । केवल शब्दमा माया हुँदैन । यसको उत्तर पठाउ या नपठाउ कुनै आग्रह गर्दिन म । म तिम्रो दिलमा अटाउन सकें या सकिन रु तिमी अटेको छौ मेरो दिलमा। तिमी सधैं यो दिलभित्रै रहिरहनु प्रिया रहिरहनु।
लेखक पुरु रिजाल
थाक्रे २, धादिङ
Leave a Comment