पिऊँ लाग्छ मानौं हलाहल तिमी हौ ।




गजल
म ढुङ्गो गह्रुङ्गो छु कोमल तिमी हौ ।
छ दिल यो फसेको कि दलदल तिमी हौ ॥

अचेल मृत्युको डर ममा आउँदैन ।
पिऊँ लाग्छ मानौं हलाहल तिमी हौ ॥

म काले भई चम्किलो बन्न थालें ।
तिमीले भनेदेखि गाजल तिमी हौ

म तातो बगर तुल्य नीरस छु, आऊ ।
तिमी गण्डकीजल र निर्मल तिमी हौ ॥

गौतम मनीष 
बागलुङ 

No comments

Powered by Blogger.