अनेकौ स्वार्थले स्वार्थी सबै माग्ने भएका छन् ।


गजल
अहो हेपेर माटामा लडाए झैँ गरेका छन् ।
सबै छेकौं भनी आफैं तगारो भै उठेका छन् ।।

दिए खाऊ भनी आफैं भए लोभी तिनै आज
लुटेराले लिए ऐले भयो धोका भनेका छन् ।।

नमाती एक ढिक्का पो भई लड्ने थियो वाचा
अनेकौ स्वार्थले स्वार्थी सबै माग्ने भएका छन् ।।

नरङ्गेको छ जो सेतो छ आशा जित्न लड्नेको
अरू छन् रङ्गमा कोही र राताम्यै दलेका छन् ।।

कहाँ छन् वीर झैं योद्धा अहो बाजा बज्यो चर्को
डराई काम्न थालेका दुला भित्रै पसेका छन्।।

हजज मुसम्मन सालिम


प्रियंवदा काफ्ले 
काठमाडौँ

No comments

Powered by Blogger.