हिजो यहि काँधमा राखेर पनि दुनियाँ देखाएको थिएँ।



गजल
दुनियाँको अगाडि धन सम्पत्ति इज्जत कमाएको थिएँ
कयौं पटक  आफैँलाई काँडाहरुबीच उभ्याएको थिएँ ।

छोराले  हामीलाई  बिर्सेर  कुन  दुनियाँमा हरायो होला रु
हिजो यहि काँधमा  राखेर पनि दुनियाँ देखाएको थिएँ।

मेरा  आफन्तभन्दा पनि बहुत मतलबी रहेछौ तिमी त
दुश्मनको  भय र  मृत्युको नजिकबाट बचाएको थिएँ। 

तिम्रो  प्रेममा  पागल  हुन्छु  सोचे  थेँ  पत्थर  बन्न पुगेँ
याद आउने बाटो मर्मत गरेर फराकिलो बनाएको थिएँ ।

मेरो कमजोरीले   मलाई मात्र  हानी  हुनुपर्छ  भनेर
दिलमा बसेको मान्छेलाई नै टाढा टाढा पठाएको थिएँ ।
मनु विद्रोही
नुवाकोट

No comments

Powered by Blogger.