आफन्तहरु भेटिन्छन् सफलतामा बुझ्नुपर्थ्यो ।



                                                                  गंगा सापकोटा
                                              मकवानपुरगढी गाउँपालिका ३, मकवानपुर
गजल
अल्झियो भने च्यातिन सक्छ जामा बुझ्नुपर्थ्यो ।
काँडा पनि हुने गर्छन् हर बगैंचामा बुझ्नुपर्थ्यो ।।

बदल्नु पर्थ्यो कर्म, अनि पो बदलिन्थ्यो भाग्य
छन् भाग्यरेखा आफ्नै हत्केलामा बुझ्नुपर्थ्यो ।।

कोहि त थ्यो जो मेरो आँखा वरिपरि घुमिरहने
नबोलेरै पनि धेरै बोल्थे इसारामा बुझ्नुपर्थ्यो ।।

सोचेर बसियो भने त मात्रै बसिरहिन्छ पुगिन्न
हिडियो भने पो पुगिन्छ चुचुरामा बुझ्नुपर्थ्यो ।।

हारेका एकजोर आँखाले अपनत्व पाउँदैनन्
आफन्तहरु भेटिन्छन् सफलतामा बुझ्नुपर्थ्यो ।।

गंगा सापकोटा
मकवानपुरगढी गाउँपालिका ३, मकवानपुर

No comments

Powered by Blogger.