कहाँ गए शान्ति खोज्न परेवाका हुलहरु | गजल
रामचन्द्र रिजाल
कलङ्की १४, काठमाडौँ
गजल
चारैतिर फुटेका छन्, भ्रष्टाचारका मूलहरु
कहाँ गए शान्ति खोज्न परेवाका हुलहरु ?
शिक्षित बनेर सत्ता हत्याउलान् कि भन्ने डरले
विधेयकले गरिँदैछ ठूला ठूला भुलहरु ।।
आफ्नो देशको तरकारी कुवाएर सरकार
रोपिदैछन् किसानका छातीभित्र शूलहरु ।।
पीडै पीडामा पनि मुस्कुराउँछन् नेपाली
जसरी मुस्कुराउँछन् काँडामाथि पूmलहरु ।।
रामचन्द्र रिजाल
कलङ्की १४, काठमाडौँ

Leave a Comment