गोलि थापेर मर्नेचाहिँ मेरो देशको जवान हुन्छ


गजल
युद्ध अरुकै,जित्छ अरुनै,अन्त्यमा जित्नेको सम्मान हुन्छ
गोलि थापेर मर्नेचाहिँ मेरो देशको जवान हुन्छ

विद्वान बन्ने नै भए,एकपटक आर्यघाट जरुर पुग्नू
कसैले बाँचेको जिन्दगीमा पुस्तकमा नअट्ने ज्ञान हुन्छ

छोरी पढ्छे सहर बस्छे,छोरा बढ्छ विदेश जान्छ
बुढेसकालमा घर कुर्ने बा आमाको एक्लो ज्यान हुन्छ

तिम्रा लागि त श्रीमती खेलौना हो,इसाराले नचाइदिन्छौ
तर हामी त नारी हौँ,हाम्रा लागि पति भगवान् हुन्छ

नजाती होस्,खत्तम होस्,मतलबको कुरा नै भएन
एउटी आमालाई सबैभन्दा सुन्दर आफ्नै सन्तान हुन्छ
  ©अनिता धिताल


No comments

Powered by Blogger.