प्रणयदिवसको पूर्व सन्ध्यामा बुलन्द आवाजले यसरी राखे प्रेमप्रस्ताव

प्रेमप्रस्ताव

लक्ष्य चुम्ने होडबाजीमा
अपराध गरेको अपराधी झैँ
बाटो भुलेर
जुन दिन पुगेथेँ उनको सामु
हो
त्यही दिन
मैँले बुझेको हुँ उनलाई
र निधो गरेको हुँ
अब यही हो जिन्दगीको लक्ष्य
यही हो मेरो भविष्य भनेर ।
उन्मुग्ध भएर
अतृप्त नयनले हेरेथेँ मैँले
उनका रूप र लावण्यलाई
आकाशमा मेघ ठोक्किएझैँ
ठोक्कएथे नजरहरू पनि एक आपसमा
यता झसङ्ग झस्किएथेँ म
उता
उस्तै थियो  उनको हालत
जब नजर
नजरमा ठोक्किएथ्यो।
एकाएक
चार आँखा दुई बनेथ्यो
तीब्र गतिमै धड्केथ्यो धड्कन पनि
बसन्तको  चुम्बनले
पालुवा रातै भएझैँ
मेरो नजरले चुमेपछि
रातै भइथिन् उनी पनि
न बोल्न सक्थिन्
न सक्थिन खोल्न मनका कुरा ।
लाजले पानी पानी भएपछि
झुकाइन् शिर

नङले कोरीरहिन् भुइँमा के के, के के
लाग्यो
जिन्दगीको सुनौलो योजना
कोरिरहेकी होला
वसन्त ऋतुमा
कोइलीले पाचौँ स्वरले कुहु कुहु गरिरहेको बेला
बनभरी लालीगुँरास ढकमक्क भएको देखेपछि
लागेथ्यो मनभरि
सिउरिदिउँ केशपासमा कसैको
टिपेर त्यो रातो लालीगुँरास ।
बटुलेर अदम्य साहास
गएँ हस्ताक्षर गर्छु भनेर
उनको जिन्दगीको सुनौलो योजनामा
हस्ताक्षर गर्नुपूर्व
ठूलै हिम्मत गरेर
उनको हात समाउँदै
राखेँ प्रेम प्रस्ताब
प्रिया म तिमीलाई युगौँयुगसम्म
अजम्बरी माया गर्छु ।

 पुरु रिजाल
 थाक्रे, २ धादिङ्ग

No comments

Powered by Blogger.