फूल नटिपे सम्म मात्र हो महत्व हुने ।

गजल
शोक सभामा तालीको महत्व हुदैन ।
जस्तै मुर्खलाई गालीको महत्व हुदैन ॥

किन जान्छन होला युवा मरिहत्ते गरेर ।
जुन मुलुकमा नेपालीको महत्व हुदैन ॥

फूल नटिपे सम्म मात्र हो महत्व हुने ।
टिपेपछि फूल डालीको महत्व हुदैन ॥

बेमत्लबी यी फुलहरुलाई पनि त।
भवरा भेटेपछि मालीको महत्व हुदैन ॥

रुपेश अधिकारी
धादिङ

No comments

Powered by Blogger.