कति वर्षसम्म रद्दीखानामा बस्नुपर्दाको पीडा सम्झन्छु
साइकल
दुई गोडाले थिचेपछि
हिँड्नुपर्ने नियतिम साइकल
मेरो जिन्दगी दुई गोडाले चलाउँछ
गोडाको गति मेरो गति हो
हिँड्दा हिँड्दै पञ्चर भएर थलिएपछि
गोडाले पनि थिच्छ छाडिदिन्छ
मेरो गति शून्य बन्छ
म साइकल
मैले बोकेको मेरै भारीले मलाई गिज्याउँछ
हातले हेन्डिल समाएर
ममाथि शानले चढ्ने भुँडीवाल पनि मलाई गिज्याउँछ
म पुरानो भएपछि
मलाई चलाउँदा चलाउँदै खियाएपछि
म खिइएपछि मेरो उपहास गर्छ
नयाँमा म हिरोरेन्जर थिएँ
डेन्जर थिएँ
खटारो उपनाम भिरेपछि थाहा भयो मेरो अस्तित्व
मैले गन्तव्यमा पुर्याएको यात्री मेरो वास्ता गर्दैन
कति वर्षसम्म रद्दीखानामा बस्नुपर्दाको पीडा सम्झन्छु
दिक्क लाग्छ
म साइकल
मेरो नियति यही हो
नयाँ पुरानो बनेपछि थाहा भयो
मेरै धनीले खटारो भनेपछि थाहा भयो
यो साइकलको जिन्दगी कुद्न सकेसम्म मात्रै हो
नचाहँदा नचाहँदै चल्नुपर्ने
नचाहँदा नचाहँदै ढल्नुपर्ने
कबाडीवालाले साइकलकै पछाडि उल्टो पारेर लगेपछि थाहा भयो
म साइकल
मात्र साइकल
पाइडिल विनाको ।
डी के यात्री
Jaya ho
ReplyDelete