तुलना को संग हुन्छ र तिम्रो


गजल
भुल्न नहुने गुन् छ त्यति मात्रै हो ।
भुले मन रुन्छ त्यति मात्रै हो ।।१।।

छुन त मुटु छोइरहन्छ आवाजले ।
कस्लाइ केले छुन्छ त्यति मात्रै हो ।।२।।

अहिले त के छ हास्यो खेल्यो रमायो ।
पछि दुख हुन्छ त्यति मात्रै हो ।।३।।

तुलना को संग हुन्छ र तिम्रो
भए एउटा जुन् छ त्यति मात्रै हो ।।४।।
 पुरु रिजाल

No comments

Powered by Blogger.