जो प्रेमीको विरहमा हुन्छ, उसको सम्पूर्ण काम बासना बिरहरूपी अग्निले सखाप बनाउँछ ।


प्रेम

केहि महिनादेखि मैले नेपाली साहित्यका थुप्रै कथासंग्रह र उपन्यासहरू पढिरहेछु । सामाजिक सञ्जालमा पनि भुराभुरी पिङमा झुण्डिएझैँ झुण्डिरहेकै छु । मैले ती पुस्तकमा पढेको र सामाजिक सञ्जालका भित्तामा टाँसिएका विभिन्न स्रष्टाहरूको प्रेम विषयक विचारहरू अनि मैँले एक दशकदेखि पढ्दै आएको संस्कृत साहित्यको महान् ग्रन्थहरूमा निरूपण गरिएका प्रेम विषयक चर्चाहरूमा आकाश र पातालको भिन्नता पाएँ । हुन त मलाई संस्कृतसाहित्यको महान् ग्रन्थहरूको प्रभाव परेर होला, म अहिले अरुले अर्थ्याएको प्रेमको विषयमा गरिएको परिभाषमा १ प्रतिशत पनि सहमत छैन । मेरो विचारमा अहिले प्रेम शब्दको नै दुरूपयोग भएको छ । अहिले जुन कुरालाई प्रेम भनिरहेका छन् त्यो त वासना मात्रै हो । मैले धेरै मान्छेहरूलाई भेटेको छु । सामाजिक सञ्जालले पनि यसमा धेरै सहयोग गरेको छ । ती मध्ये कमैले मात्र होला मलाई घृणा गर्ने, मेरो प्रगति भएको हेर्न नचाहने । फेरि बाँकी रहेकाहरूले चाहिँ सबैले प्रेम गर्छन् भन्न खोजेको पनि हैन । विभिन्न गुणहरू  देखेर र रूप देखेर प्रेम गर्ने त धेरै भेटेको छु तर सच्चा प्रेम गर्ने चाहिँ कमै मात्र भेटेको छु ।

 केही मानिस प्रेम गर्नेसंग प्रेम गर्छन्, केही प्रेम नगर्नेसंग प्रेम गर्छन् र केही चाहिँ यस्ता पनि हुन्छन् जो कसैलाई पनि प्रेम गर्दैनन् । प्रेमदातासंग प्रेम गर्ने स्वार्थी हो । जस्तो उदाहरणको रूपमा हेरौँ अबोध बालक । बालकले कसैलाई प्रेम नगरे पनि बालकलाई सबैले प्रेम गर्छन् । प्रेमको सबैभन्दा ठूलो उदाहरण त श्रीमद्भागवतमहापुराणमा छ । म यो ग्रन्थलाई साहित्यको सबैभन्दा ठूलो ग्रन्थ मान्छु । जसमा धेरै छन्दहरूको, धेरै अलङ्कारहरूको, नवै ओटा रसहरूको अझै भन्नुपर्दा असल साहित्य सिर्जना गर्दा चाहिने सबैकुराको प्रयोग भएको छ । यो ग्रन्थमा सच्चा प्रेमको उदाहरण गोपिनीहरूले श्रीकृष्णलाई गरेको प्रेमको उदाहरण हो । हुन त श्रीकृष्ण भन्नेवित्तिकै धेरैले औँला उठाउने गरेको पाइन्छ । मलाई लाग्छ ती औँला उठाउनेहरूले बुझेर कहिल्यै पनि औँला उठाएनन् होला । जतिले औँला उठाएका छन् नबुझिकन उठाएका छन् । साहित्यले अभिधार्थलाई मात्र बुझाउँदैन । स्रष्टाले कुन उद्देश्यले शब्द प्रयोग गरेको छ त्यो पाठकले बुझ्नु आवश्यक हुन्छ । कौवाले कान लग्यो भन्दैमा कौवाको पछि लाग्नु वेकुफीपना हो, त्यस्तै मूल रहस्य नबुझिकन औँला उठाउनेहरू पनि त्यही वर्गमा पर्दछन् ।

अतः औँला उठाउनु पूर्व त्यस विषयको पूर्ण जानकारी हुनु आवश्यक छ । कुनैपनि विषयको पूर्ण जानकारी भएपछि मात्र त्यो विषयमा औँला उठाउनु उपर्युक्त हुन्छ । संस्कृत साहित्यको स्रष्टा वेदव्यासले गापिनीहरू र श्रीकृष्णको माध्यमबाट असल प्रेमको प्रस्तुत गरेका छन् ।

 प्रेम भनेको योग हो । योगको अर्थ हुन्छ जोड्नु । प्रेमले पनि प्रेमी प्रेमी बीचमा योग गराउँछ । जहिले पनि प्रेम अन्तरङ्गमा हुन्छ । काम, बासना, मोह इत्यादि  कुराहरू चाहिँ वहिरङ्गमा अर्थात् बाहिरी रूपमा हुन्छ । प्रेमलाई त्यागको अपेक्षा चाहिन्छ भने मोहलाई उपभोगको । प्रेमलाई त्यागको अपेक्षा चाहिन्छ भने मोहलाई उपभोगको । प्रेम विरहबाट पुष्ट हुन्छ भने मोह संयोगबाट पुष्ट हुन्छ । वियोगमा प्रियपात्रको सतत स्मरण भइरहन्छ । संयोगावस्थाको अपेक्षामा विरहावस्थामा प्रेमपात्रका साथ तादात्म्य धेरै हुन्छ । त्यसकारण वियोगलाई एक विशेष प्रकारको योग मानिन्छ । जसले विरह—व्याकुल भएर प्रेमी प्राप्त गर्दछ, ऊ निकै प्रेमीको सान्निध्यमा हुन्छ । गोपिनीहरूलाई निकै नजिकको बनाउन श्रीकृष्ण अदृश्य हुनुभएको थियो । श्रीकृष्णको विरहले गोपिनीहरू यति व्याकुल भएका थिए कि उनिहरू बनका पात–पतिङ्गर, फूल, वृक्ष लहरा इत्यादिलाई मेरो प्रेमी श्रीकृष्णलाई देखेका छौ भनि सोध्दै सोध्दै हिँड्दथे । यो हो सच्चा प्रेम । उनिहरूलाई यत्ति पनि ज्ञान भएन कि पात—पतिङ्गर वृक्ष लहरा इत्यादि जड हुन् यिनीहरूलाई थाहा हुँदैन । उनिहरू त्यसरी विरहले व्याकुल भएका थिए । यसरी धेरै विरह पछि गोपिनीहरूको प्रेमी श्रीकृष्ण   प्राप्त भएका थिए, त्यसैले गोपिनीहरू श्रीकृष्णको निकै आत्मीय बनेका थिए ।

 जो प्रेमीको विरहमा तल्लीन भएर लाग्छ, उसलाई विरहाग्निले भतभति पोल्दा—पोल्दै पनि अन्तरङ्गमा संयोगको अनुभूति हुन्छ । जो प्रेमीको विरहले हुन्छ, उसको सम्पूर्ण काम बासना बिरहरूपी अग्निले सखाप बनाउँछ र स्वच्छ निर्मल प्रेममात्र बाँकी रहन्छ । त्यसैले विरह विशिष्ट प्रकारको योग हो ।
 प्रेममा अतिशय धैर्यको आवश्यक हुन्छ । धैर्यपनि रुक्मिणीको जस्तो हुनुपर्छ । रुक्मिणीले श्रीकृष्णलाई पठाएको प्रेमपत्रमा यस्तो लेखिएको थियो । ‘यर्ह्यम्बुजाक्ष न लभेय भवत्प्रसादं जह्यामसून् व्रतकृशाञ्छतजन्मभिः स्यात्’ । अर्थात् प्रिय प्रियतम मैले जति जन्म लिनु परेपनि हजुरलाई नै वरण गर्छु । हजुरविना म एक्लै रहन सक्दिन । अतः हजुरले मलाई स्वीकारिबक्सियोस् । यो हो अतिशय धैर्यको उदाहरण । यो त हो एउटा उदाहरण यस्ता कयौँ उदाहरण छन् मेरा संस्कृतका महान् ग्रन्थहरूमा । रामायणमा सीताले रामलाई गरेको प्रेम पनि सच्चा प्रेमको उदाहरण हो । रामले सीतालाई सच्चा प्रेम गरेका थिए कि थिएनन् यसमा मलाई शङ्का छ, तर सीताले भने रामलाई सच्चा प्रेम गरेकीथिइन् । महाभारतमा पनि धेरै छन् सच्चा प्रेमको उदाहरणहरू ।

 अतः प्रेम रूपमा गरिदैन प्रेम त आत्मामा गरिन्छ । दुःख लाग्छ मलाई मैले कसैलाई प्रेम गरेको छु भनि सुनाउने साथीहरूदेखि । प्रेम बस्यो भनेको दुइ चार दिनपछि मेरो छुट्यो यार धोका भो भनेर सुनाउँछन् । म बुझ्न सक्दिन यो उनिहरूको कस्तो प्रकारको प्रेम हो । प्रेम हरेकलाई गर्न सकिन्छ । एउटा केटाले एउटी केटीलाई या एउटी केटीले केटालाई मात्र प्रेम गरिदैन । प्रेम गरिसके पछि  कहिल्यै छुट्दैन । प्रेम अपरिमेय वस्तु हो, जति गरÞ्यो उति बढ्दै जान्छ ।
 लेखकः— पुरु रिजाल
थाक्रे २,  धादिङ्ग

1 comment:

  1. Did you hear there is a 12 word phrase you can communicate to your partner... that will trigger deep feelings of love and instinctual appeal to you deep within his heart?

    That's because hidden in these 12 words is a "secret signal" that triggers a man's instinct to love, admire and look after you with his entire heart...

    12 Words Who Trigger A Man's Desire Impulse

    This instinct is so hardwired into a man's brain that it will make him work better than ever before to build your relationship stronger.

    As a matter of fact, fueling this mighty instinct is so important to having the best possible relationship with your man that as soon as you send your man one of these "Secret Signals"...

    ...You will immediately find him expose his mind and soul to you in a way he never experienced before and he will identify you as the only woman in the universe who has ever truly understood him.

    ReplyDelete

Powered by Blogger.