प्रेमिल रिजालले अनेकौँ दृष्टान्त दिएर स्वस्थानी महान् ग्रन्थ हो भन्ने सिद्ध गरे ।


स्वस्थानी यस कारणले महान् ग्रन्थ हो । 

                                                      प्रेमिल रिजाल

कसैले अब्राहम लिङ्कनको जीवन कथा सुनाउदै थियो । अब्राहम लिङ्कनको जन्म सन् १८०९, फेब्रवरी १२ का दिन अमेरिकाको केन्टकी राज्यको हजनभिल्लेमा भएको थियो । उनका बुबा थोमस लिङ्कन र आमा नान्सी ह्याड्ढस् लिङ्कन थिइन् । लिङ्कनका आमा बुबा र दिदी साराले उनलाई माया गरेर ‘अबे’ भनेर बोलाउँथिन् । लिंकनका पिता एउटा गरिब किसान थिए । त्यसैले लिङ्कनको बाल्यकाल निकै कष्टकर र दुःखदायी रहेको थियो । उनीहरु बस्ने ठाउँ काठले बनेको एउटा सानो झुप्रो मात्र थियो । उनको बाल्यकालको धेरै अवधि त्यहीँ झुप्रोमा नै बितेको थियो ।
काम नगरी हातमुख पनि जोड्न गाह्रो हुने अवस्था भएको कारणले गर्दा लिङ्कनले धेरै समय काम गरेर नै बिताउनु पर्यो । उनले एउटै स्कुलमा कहिल्यै पनि राम्ररी पढ्न पाएनन् । महिनैपिच्छै उनले स्कुल परिवर्तन गर्नुपर्थ्यो। तर आफ्नी कान्छी आमाको प्रोत्सानमा उनले घरमा स्वाध्ययन गरे । स्कुल नै नगई उनले लेख्न र पढ्न पनि सिके । खेतमा काम गर्दैगर्दा केहीबेर फुर्सद भयो भने पनि उनी हातमा किताब लिएर पढ्न बसी हाल्थे । किताब लिनका लागि उनी जे पनि गर्न तयार हुन्थे । उनी टाढाटाढासम्म हिँडेर किताबहरु लिएर आउँथे । उनको पढ्ने व्यवहार र एउटा राम्रो कथावाचक भएको कारणले उनी गाउँभरिको प्रिय पात्र थिए । आफ्नो छोराको पढ्ने व्यवहारले कहिलेकाहीँ थोमस निकै दिक्क मान्थे । उनी आफ्नो छोराले पढ्नुको सट्टा हरबखत आफूलाई काम गर्न सघाओस् भन्ने चाहन्थे । त्यसैले उनका पिताले उनलाई अरु मानिसहरुको खेतमा पनि काम गर्न पठाउँथे ।
सुनाउने वालाले यत्ति सुनायो केही काम विशेषले प्रसङ्ग रोकियो । सुन्नेवाला केही समयपछि अब्राहमको प्रसङ्ग चलिरहेको ठाउँमा पुग्यो । अब्राहम लिंकन अमेरिकाका सोह्रौं राष्ट्रपतिको नाम हो । अमेरिकामा धेरै जना राष्ट्रपति भइसकेका छन् । तर उनी जस्ता प्रसिद्ध र विश्वभरि नै धेरै जनाले मन पराएका अमेरिकी राष्ट्रपति चाहिँ कमै छन् । वास्तवमा, अब्राहम लिङ्कनले अमेरिकालाई दासताबाट मुक्ति दिलाएका कारण विश्वभरिका मानिसहरु अझै पनि उनलाई अत्यन्तै आदर, सम्मान र श्रद्धाका साथ सम्झने गर्छन् । त्यसमाथि थप, उनको सरल स्वभाव र अरुले सिक्नै पर्ने जीवनशैलीका कारण पनि मानिसहरु उनलाई निक्कै मन पराउने गर्छन् । त्यो आधि कथा सुन्नेवाला अट्टाहास गर्न थाल्यो हा हा हा हा ...  । त्यो दुखि गरिव जो झुप्रोमा बश्थ्यो लगाउने कपडा नभएर जनावरको छालाको लुगा लगाउँ थ्यो । त्यस्तो राष्ट्रपति बन्न सक्छ ।। वाहियात कुरा गर्छस भनेर सम्झाउन थाल्यो । माथिको फोटो राखेर विश्लेषण गर्ने विद्वान विश्लेषकलाई कोटिकोटि नमस्कार छ  कथाको कुनै प्रसङ्ग लिएर खण्डन गरेर आपूm ठुलो भए म त विद्वान हँु । यहाँ नारीको अपमान गरिएको शब्द छ यो च्यात्नुपर्छ यति भनेर म नारीवादी भएँ सबैले पुज्छन मलाई भन्ने भ्रम बोकेका महान विद्वान दार्शनिक व्यक्तिलाई  फेरिपनि कोटिकोटि प्रणाम छ  स्वस्थानी एक यस्तो ग्रन्थ जहाँ नारीको महिमा गाइएको एक पुस्तक हो । त्यहाँ पात्र खलपात्र छन केही अपमान वाला शब्दपनि होला कथा भनिएको छ त ।। यो स्कन्ध पुराणबाट निकालिएको हो । समायान्तरमा समय अनुसार केही कथा प्रसङ्गहरु थपिएका छन् परिमार्जित भएका छन् कथाको नकारात्मक पात्रको विषयमा लेखिएको शब्दहरुलाइ लिएर ताण्डव मच्चाउने कि त्यसको सन्देश, फलश्रुतिलाई ग्रहण गर्ने ? त्यो तपाईंको बौद्धिक क्षमतामा भर पर्ने कुरा हुन स्वस्थानि  शब्दमै प्रस्ट छ आफ्नो स्थान के हो रु म को हुँ आफुलाइ चिन तिमी आफुतिर फर्क भन्ने ज्ञान दिने महत्वपूर्ण पुस्तक हो ।

प्रेमिल रिजाल
थाक्रे २, धादिङ



No comments

Powered by Blogger.