आमाको मुहारबाट खुशी हरायो रहर हरायो ।
जूनु खतिवडा
पाँचथर
गजल
एउटा खबर आएको छ मन हराको ठेगानाबाट ।
तिमी बद्लियौ म बद्लिन सकिन जमानाबाट ।।
आमाको मुहारबाट खुशी हरायो रहर हरायो ।
बा को जागिर खोसियो जुनदिन कारखानाबाट ।।
यहि कारण म मौन बस्छु तिम्रा हर प्रहारहरुमा ।
यसरी सहने कला सिकेकी हु मैले अचानाबाट ।।
तिमिलाई खुब सम्झछु सुख दुःखका पलहरुमा ।
सायद हट्ने छैनौ कहिले मेरो दिलको पानाबाट ।।
तिमी मुटु भित्र घाउ बनेर बसि दिन्छौ भने।
जून ऊ हररात उदाउछे चोटको निशानाबाट ।।
जूनु खतिवडा ।
पाँचथर

Leave a Comment