गजल


रेटेर घाउ माथि, काट्यो कसै-कसैले
केही हुँदैन भन्दै, ढाँट्यो कसै-कसैले

स्वार्थी रहेछ दुनियाँ, आफ्नै बने पराई
झुक्याउँदै धकेल्नै,आँट्यो कसै-कसैले

हलचल भकोछ धड्कन, आतिन्छु आजभोलि
ुथाु छैन सुस्तरी मन, साट्यो कसै-कसैले

मारेर न्याय बेच्छन् , बोली  समानताको
अन्याय  गर्न डोरी, बाट्यो कसै-कसैले

फूर्ती असाध्य गर्थ्यो, भन्थ्यो इमान राख्छु         
जुत्ता समाई तलुवा, चाट्यो कसै-कसैले

 सरस्वती सरु
 काभ्रेपलाञ्चोक

No comments

Powered by Blogger.