जल्दै गर्ने आर्यघाटको चिताबाट सिक्नुपर्छ ।
गजल
अनि त्याग के हो सीताबाट सिक्नुपर्छ
कसरी गरिन्छ संघर्ष पीताबाट सिक्नुपर्छ ।
पाप नाश हुँदैन मित्र मठ मन्दिर धाउँदैमा
धर्म के हो भागवत र गीताबाट सिक्नुपर्छ ।
इज्जतलाई पैवसासंग कसरी दाजिन्छ यहाँ
बेचिएकी चेलिको अस्मिताबाट सिक्नुपर्छ
शब्द मार्फत कसरी पोखिन्छन् मनका पीडा
भाव बुझ्ने तरिका कविताबाट सिक्नुपर्छ ।
कति गार्हो हुन्छ जलाउन सपनाको लास
जल्दै गर्ने आर्यघाटको चिताबाट सिक्नुपर्छ ।
सवु धिमाल
काभ्रेपलाञ्चोक
अनि त्याग के हो सीताबाट सिक्नुपर्छ
कसरी गरिन्छ संघर्ष पीताबाट सिक्नुपर्छ ।
पाप नाश हुँदैन मित्र मठ मन्दिर धाउँदैमा
धर्म के हो भागवत र गीताबाट सिक्नुपर्छ ।
इज्जतलाई पैवसासंग कसरी दाजिन्छ यहाँ
बेचिएकी चेलिको अस्मिताबाट सिक्नुपर्छशब्द मार्फत कसरी पोखिन्छन् मनका पीडा
भाव बुझ्ने तरिका कविताबाट सिक्नुपर्छ ।
कति गार्हो हुन्छ जलाउन सपनाको लास
जल्दै गर्ने आर्यघाटको चिताबाट सिक्नुपर्छ ।
सवु धिमाल
काभ्रेपलाञ्चोक
Leave a Comment