समय सङसँगै चाह बढ्दछ । शेखरराज पाण्डे
शीर्षक देह
समय सङसँगै चाह बढ्दछ ।
मन मनुष्यको आश गर्दछ ।।
रगत उम्लने गर्छ झोक्किनी ।
समय बैँस यो लाग्छ बैगुनी ।।१
म त छु जोशिलो रूपको धनी ।
म त अगाडि नै हो जहाँ पनि ।।
म छु अहा अति शान्त सुन्दर ।
मन छ स्वच्छ यो मै मनोहर ।।२
बल हुँदा त झन् राग दम्भले ।
मनुज नाशिए यै घमण्डले ।।
समयको घडी चल्न थाल्दछ ।
दिन ढलेसँगै देह गल्दछ ।।३
धमिलिँदै गइन ज्योति नेत्रकी ।
अब हुनेभयो बाँच्न जग्जगी ।।
धन र बैँस यी हुन् तरङ्ग नै ।
अबुझ प्राप्तिमा हाँस्छ मनमनै ।।४
क्षणिक हुन् दुवै बुज्झकी जन ।
पर सरी बसे धन्य जीवन ।।
अजर छैन क्वै देह ढल्छ यो ।
न मरि लानु व्यर्थै घमण्ड यो ।।५
तन मुजा परी खुम्चिँदै गयो ।
मन अशान्तिले के भयो भयो ।
सुरु भए फुले केशका जरा ।
अब बूढो भयो पिञ्जडा चरा ।।६।।
न त कुनै कुरा सुन्छ कानले ।
न त सकिन्छ लौ बाँच्न शानले ।।
न त शरीर यो चल्छ मस्तले ।
नरक भो जुनी दुस्ख कष्टले ।।७
शेखरराज पाण्डे
धादिङ
समय सङसँगै चाह बढ्दछ ।
मन मनुष्यको आश गर्दछ ।।
रगत उम्लने गर्छ झोक्किनी ।
समय बैँस यो लाग्छ बैगुनी ।।१
म त छु जोशिलो रूपको धनी ।
म त अगाडि नै हो जहाँ पनि ।।
म छु अहा अति शान्त सुन्दर ।
मन छ स्वच्छ यो मै मनोहर ।।२
बल हुँदा त झन् राग दम्भले ।
मनुज नाशिए यै घमण्डले ।।समयको घडी चल्न थाल्दछ ।
दिन ढलेसँगै देह गल्दछ ।।३
धमिलिँदै गइन ज्योति नेत्रकी ।
अब हुनेभयो बाँच्न जग्जगी ।।
धन र बैँस यी हुन् तरङ्ग नै ।
अबुझ प्राप्तिमा हाँस्छ मनमनै ।।४
क्षणिक हुन् दुवै बुज्झकी जन ।
पर सरी बसे धन्य जीवन ।।
अजर छैन क्वै देह ढल्छ यो ।
न मरि लानु व्यर्थै घमण्ड यो ।।५
तन मुजा परी खुम्चिँदै गयो ।
मन अशान्तिले के भयो भयो ।
सुरु भए फुले केशका जरा ।
अब बूढो भयो पिञ्जडा चरा ।।६।।
न त कुनै कुरा सुन्छ कानले ।
न त सकिन्छ लौ बाँच्न शानले ।।
न त शरीर यो चल्छ मस्तले ।
नरक भो जुनी दुस्ख कष्टले ।।७
शेखरराज पाण्डे
धादिङ
Leave a Comment