छाया पनि निर्मोहीकै आकारमा आइदिन्छ।
गजलयाद किनै उसैको बारबारमा आइदिन्छ।
बिर्सुँ भन्छु सम्झना लगातारमा आइदिन्छ।
बिपनी कताकता सपनीमा झस्काइरहने,
छाया पनि निर्मोहीकै आकारमा आइदिन्छ।
के अपेक्षा राखुन खै जनताले सरकारबाट,
देशद्रोही भ्रष्टाचारी पुनः सरकारमा आइदिन्छ।
श्रमको मूल्य बढेन कहिल्यै श्रम मजदुरहरुको,
महङ्गी बढी सामान तिनकै बजारमा आइदिन्छ।
अनगिन्ती सपना सजार्इ प्रदेशिएको छोरा पनि,
कफनमा बेरिर्इ मृत्युको समाचारमा आइदिन्छ।
मानुषी
Leave a Comment