नेपाल पर्यटन वर्ष २०२०

नेपाल पर्यटन वर्ष २०२०

  नेपाल एक बहुभाषी सार्वभौम सत्तासम्पन्न धर्म निरपेक्षित भूपरीवेष्टीत राष्ट्र हो । सुन्दर  प्रकृतिले भरीपूर्ण संस्कृतिले सम्पन्न नेपालीको वासस्थान नेपाल हो । टहलाउनु भ्रमण गर्नु नै पर्यटन हो । वर्ष १२ महिनाको अवधि वा एक संवत्सर हो । २०२० यो अङ्ग्रेजी समय हो । जो अहिले चलीरहे छ । अत २०२० एक वर्ष भरी नेपालको अवलोकन गराइ  विश्वमा नेपाललाइ चिनाउने नेपाल सरकारको योजना नै “नेपाल पर्यटन वर्ष २०२०” हो ।
  यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।
     सानो भौगोलिक क्षेत्र भित्र यति धेरै विविधता पाइन्छ की यहा विश्वको सर्वाेच्च शिखर सगरमाथा (८,८४८) देखि केचनाकवल (५८) सम्म रहेको छ । यसै कारण शित , उष्ण र समशितोष्ण हावापानीमा पाइने जिव जन्तु तथा वन जङ्गल सवै देख्न सकीन्छ । हिमारोहण होस वा हिमक्रिडा स्विमिङ वा र्याट्यिङ पदयात्रा वा जैविक विविधताको अध्यन अनुसन्धानको लागि नेपाल राम्रो गन्तव्य बन्न सक्छ । जस्तो सुकै प्रकृतिमा रमाउने मानिसको लागि रमणीय छ नेपाल । डाफ,े मुनाल, मयुर वा काडेभ्याकुर गुराँस, काफल वा पारिजात चित्तल, घोरल अझै एकसिङ्गे गैडा नेपालको पहिचान हुन । विश्वका १० उच्च हिम शिखर मध्ये ८ नेपालमै छन । झरना तथा ताल तलैया पनि नेपालमा उल्लेख्य छन । गुफा तथा ओडारले पनि शोभा दिएकै छन । यी सवै कुरा विचार गर्दा नेपाल भूस्वर्ग हो भन्नु कुनै अतिसयोक्ति नहोला ।
      नेपाल संस्कृतिमा पनि धनि छ । यहा लगभग  १५० जाति छन । यीनिहरुको आ—आफ्नै भाषा संस्कृति रहेको छ । तराइमा थारु मुसर पहाडमा गुरुङ नेवार अनि हिमालमा भोटे आफ्नै मौलिकतामा रमाएको देख्न सकिन्छ । अचम्म त यो होकी यति सानो भूभागमा यति धेरै  समुदाय एक आपसमा मिलेर बसेका छन । यहाँ कहिले पनि मारुनी र लाखेको डम्फु र झ्याली को बीच विद्रोह भएन । कतिपय पर्यटक यहाँको संस्कृतिमा लोभिएर हराएका छन । नेर्वानीको कानको फूल गुर्सेनीको गुनियो चोलो विश्व मोहित परिरहेका छन । यहाको सामूहिक रहन सहन मेलमिलाप विश्व डाह गर्छ । हर्केले जोतेको हलो ह्यारीस हेरेको हेरे छ । उसको भुटेको मकै अनि कोदाको रोटी गुन्द्रुक भटासको अचार चख्न च्यार्ली लालाहित छ । अनि नेपालको स्वतन्त्रता कर्मनिष्ठता उदारता देखेर सबै मोहित किन नहुन । त्यसैले नेपाल पर्यटनको प्रचुर संभावना वोकेर हिहेको छ ।
       नेपाली कला पनि विश्वमा प्रदर्शनीय छ । प्यागोडा, शिखर, चैत्य शैलीमा वनेको मन्दिर, गुम्वा, पाटीपौवा, मस्जित  नेपाली पन झल्काइरहेका छ । मन्दिरको शहर काठमान्डौमा विश्व सम्पदा सूचीमा पर्न सफल पशुपतिनाथ, स्वयभूनाथ आदि छन । यसले नेपालको कला कौसलता दर्शाएको छ । विश्वलाइ शान्तिको सन्देश दिने बुद्धको जन्मस्थल लुम्विनी देख्न पाउनु सौभाग्यको कुरा हो । नेपाल चित्रकला  मूर्तिकला बास्तुकला शिल्पकलामा उत्कृष्ट रहेको छ । उकाली, ओराली, भञ्ज्याङ, चौतारी, सुस्केरा र साहित्यले घण्टौ पर्यटक अड्याउन सक्छ । हराएको मानवता नेपालमा भेट्न सकिन्छ ।  सवै कुरा एकै ठाँउमा सहज सरल र सस्तो पर्यटकीय दृष्टिमा योग्य छ ।
      प्राकृतिक , धार्मिक , भौगोलिक र साँस्कृतिक विविधताले भरीपूर्ण बहुमुखि प्रतिभा युक्त विश्व सुन्दरी हो नेपाल ।  हामी नेपाल भित्र सानो विश्व पाउन सक्छौ । सानो क्षेत्र भित्र छन् चित्र विचित्र । थोरै लगानिमा यतिका धेरै विषय वस्तुहरुको अवलोेकन गर्न पाइने नेपाल साच्चै भ्रमणिय छ । नेपाल विकासोन्मुख देश भए पनि आधारभूत विकास भने सबै क्षेत्रमा पुगेको छ । त्यसैले पनि नेपाल भ्रमण वर्ष २०२० सफल रहन्छ । नेपाल सुचना र सञ्चारमा पनि फड्को मार्दैछ । भ्रमण वर्षको सुचना तीब्र गतिमा विश्व भर प्रचार भइरहेको छ । नेपाल सरकारको यो नीति लक्ष्य र योजना समय सान्दर्भिक देखिन्छ । यसका चुनौतिहरुलाइ भने नेपाल सरकारले सामना गर्नु पर्ने देखिन्छ । पर्यटकको सुरक्षा, सहजिकरण र सुविधामा विशेष ध्यान दिदादिदै यस बाट आइपर्ने विकृति र विसङ्गतिको पनि हेक्का राख्दै अगाडि बढ्नु बुद्धिमानि देखिन्छ । देशको आर्थिक उन्नती होस् तर धर्म, संस्कृति र स्वाभिमान बचिरहोस । त्यसैले सर्तक भइ अतिथि सत्कार गर्नु वेस होला । सरकारको योजनामा सहयोग गर्नु नागरिक दायित्व हो । हामी सवै मिलेर यो पर्यटन वर्ष भव्य र सभ्य रुपमा समापन गराँै ।

निरञ्जन खतिवडा
    धादिङ्ग

No comments

Powered by Blogger.