मृत्यु पछि उसलाई छोप्ने कफन भएन

गजल
शान्त कोमल एकै नाशको मेरो मन भएन                     
मुटु भित्र बसेकाहरूको पनि जतन भएन

यही  कारण हुनसक्छ सम्बन्ध छुट्नुको
तिम्रो मन र उस्को धन बीच सन्तुलन भएन

मजदुरी जीवन जिएको गतिलो प्रमाण
मृत्यु पछि उसलाई  छोप्ने कफन भएन

एउटा जिम्मेवारी बोकेर उदाएको जूनको
अरुले  देख्ने उसको सुन्दर बचपन भएन
©जून


No comments

Powered by Blogger.