हे दैव यस्तो कसरी गरायौ
पिता भनेनौ भुइमा लडायौ
दौडेर आयौ अनि तन्तन्यायौ
घोक्र्याउँदै वृद्ध लछार्न थाल्यौ
हे दैव यस्तो गति देख्न पार्यौ
पिता भनेनौ भुइमा लडायौ।
सम्पत्ति हो तुच्छ कसै बुझेनौ
त्यै तुच्छका निम्ति कुरो बुझेनौ
अज्ञान तिम्रो गहिरो बनायौ
पिता भनेनौ भुइमा ढलायौ ।।
के सार हो जीवन यो बुझेनौ
माता पिताको इजतै गरेनौ
आसे र पासे कसरी बनायौ
पिता भनेनौ भुइमा लछार्यौ ।
के के पिताको उपदेश पायौ
सबै खरानी अथवा बनायौ
के बुद्धिले आदर गर्न छाड्यौ
हे दैव यस्तो कसरी गरायौ ।
पिता थिए अज्ञ भनेर मान्यौ
केही नजान्ने पनि भित्र ठान्यौ
जे होस् तिनैबाट त जन्म पायौ
सम्पत्तिका खातिर लड्न आयौ ।
अहो असाद्ध्यै अब तुच्छ लाग्यौ
बिचार तुच्छै मतिमा पसायौ
के अर्ति दिन्छौ अब पुत्र पायौ
आफै पितालाइ लछार्न भ्यायौ ।।
प्रियम्वदा काफ्ले
काठमाडौँ
घोक्र्याउँदै वृद्ध लछार्न थाल्यौ
हे दैव यस्तो गति देख्न पार्यौ
पिता भनेनौ भुइमा लडायौ।
सम्पत्ति हो तुच्छ कसै बुझेनौ
त्यै तुच्छका निम्ति कुरो बुझेनौ
अज्ञान तिम्रो गहिरो बनायौ
पिता भनेनौ भुइमा ढलायौ ।।
के सार हो जीवन यो बुझेनौ
माता पिताको इजतै गरेनौ
आसे र पासे कसरी बनायौ
पिता भनेनौ भुइमा लछार्यौ ।के के पिताको उपदेश पायौ
सबै खरानी अथवा बनायौ
के बुद्धिले आदर गर्न छाड्यौ
हे दैव यस्तो कसरी गरायौ ।
पिता थिए अज्ञ भनेर मान्यौ
केही नजान्ने पनि भित्र ठान्यौ
जे होस् तिनैबाट त जन्म पायौ
सम्पत्तिका खातिर लड्न आयौ ।
अहो असाद्ध्यै अब तुच्छ लाग्यौ
बिचार तुच्छै मतिमा पसायौ
के अर्ति दिन्छौ अब पुत्र पायौ
आफै पितालाइ लछार्न भ्यायौ ।।
प्रियम्वदा काफ्ले
काठमाडौँ
Leave a Comment