आओस् सुनामी म त बाँच्नुपर्छ

    शीर्षक आकाङ्क्षा

अशेष शोभा र अथाह निष्ठा ।
बोकी गरुँ दूर अनन्त यात्रा ।।
आशा छ यौटै मनभित्र भित्र  ।।
म भित्रको मानिस होस् पवित्र ।।

उँडु भुवाझैँ नभसँग खेल्दै ।
बनेर चङ्गा जुनसँग बोल्दै ।।
आशा त त्यै हो जति होस् स्वतन्त्र ।
मभित्रको मानिस होस् पवित्र ।।

आकाशको नील पियौ कि गङ्गा
त्यो नील गम्भीरपना मसँग ।।
छोडी तिमी जाउ समुद्रसँग ।
मभित्रको मानिस होस् फुरुङ्ग ।।

विहानको कान्ति दिएर सूर्य ।
पूर्वीय आकाश सबेर खुल्छ ।।
आकाश मेरो मनको विशाल ।
न पश्चिमी खुल्छ न पूर्व खुल्छ ।।

लड्नु छ धेरै कति भिड्नुपर्छ ।
आओस् सुनामी म त बाँच्नुपर्छ ।।
चाहे म छाऊँ सब यत्रतत्र ।
मभित्रको मानिस होस् पवित्र ।।
       
अनिश सापकोटा
भरतपुर , चितवन

1 comment:

Powered by Blogger.