अरूको प्रेम बचाउन आफु खुद सकियो गुलाव
गजल
यसरी भोगिरहेछ सजाय एउटा बच्चाले पनी
आमाले छोडे लगतै छोडेका हुन् बा ले पनी
आफ्नो जन्मदिन सम्झेर उत्सव कसरी मनाउँ ?
म जन्मेकै दिन संसार छोडिकी हुन् आमाले पनी
एकटकले नियालीरहन्छ दोबाटो दूरदूर सम्म,
आखिर के चै खोजेका हुन् मेरा आँखाले पनी
कसैको त प्यारो रहेछु यही सोचेर खुसी लाग्छ,
मलाई एक्लै छोड्न मान्दैनन् यी पीडाले पनी
अरूको प्रेम बचाउन आफु खुद सकियो गुलाव,
बरू देवता बन्ने सौभाग्य पायो बगरको ढुङ्गाले पनी
(प्रमिला प्रयासी खरेल
काभ्रे
यसरी भोगिरहेछ सजाय एउटा बच्चाले पनी
आमाले छोडे लगतै छोडेका हुन् बा ले पनीआफ्नो जन्मदिन सम्झेर उत्सव कसरी मनाउँ ?
म जन्मेकै दिन संसार छोडिकी हुन् आमाले पनी
एकटकले नियालीरहन्छ दोबाटो दूरदूर सम्म,
आखिर के चै खोजेका हुन् मेरा आँखाले पनी
कसैको त प्यारो रहेछु यही सोचेर खुसी लाग्छ,
मलाई एक्लै छोड्न मान्दैनन् यी पीडाले पनी
अरूको प्रेम बचाउन आफु खुद सकियो गुलाव,
बरू देवता बन्ने सौभाग्य पायो बगरको ढुङ्गाले पनी
(प्रमिला प्रयासी खरेल
काभ्रे
This comment has been removed by the author.
ReplyDeleteधन्यवाद!!
ReplyDelete