कविता

बाध्यता

कयौँ रात
ननिदाइ कन देखेको सपना
जिन्दगीको एक हिस्सा खर्च गरेर
पहिचान गरेको लक्ष्य
आफ्नो भाकल पूरा गर्न
निर्दोश पशुको घाँटीनिचोरेझैँ
मेरो लक्ष्यलाई निचोरीदिए भने
भनिसाध्ये छैन
मन् कति रूँदो हो
आँशु कति झर्दो हो १

भर्खर बीज  फुटेर
माया झाङ्गिन लागेको बेला
प्रेमको राज्यमा
राज्यभिषेक गर्ने तयारी भइरहँदा
एक्कासी
बनबास जानुपर्ने खबर आयो भने
मन् कति अमिलो हुँदो हो
कति दुख्दो हो चित्त
कति झर्दो हो आँशु

दान गरेको गाई
दाम्लाले बाँधेर जस्को हातमा सुम्पिदियो
उसैसँग जानुपरेझैँ
तिमी पनि
अत्मिक प्रेम गरेको
प्रेमीलाई छाडेर
को हो को हो परायासँग जानुपर्यो भने
मन् कति रूँदो हो
आँशु कति झर्दो हो

हो त्यो समयमा
यही भनेर चित्त बुझाउनुभन्दा
अर्को कुनै विकल्प हुँदैन
तिमीले पनि
मैँले पनि
जिन्दगी नदी न हो
जता हुत्याउँछ
बाध्यताबस्
उतै हुत्तिनुपर्छ ।

Euta Bulanda Aawaj
धादिङ

No comments

Powered by Blogger.